भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

लकडाउन केही खुकुलाे बनाइएसँगै दक्षिण कोरियामा ह्वात्तै बढ्यो कोरोना संक्रमण

लकडाउन केही खुकुलाे बनाइएसँगै दक्षिण कोरियामा ह्वात्तै बढ्यो कोरोना संक्रमण

३० बैशाख २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भन्दै लकडाउन केही सहज बनाइएपछि दक्षिण कोरियामा फेरि संक्रमितको संख्या ह्वातै बढ्न थालेको छ ।

विशेषगरी रात्रिकालीन सेवाहरू सञ्चालन खुकुलो बनाइएपछि सो क्षेत्रबाट नयाँ संक्रमित बढेका हुन् । पछिल्लो दुई दिनमा २ जनाको मृत्यु भएको र ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

राजधानी सियोलका रात्रिकालीन सेवा दिने विभिन्न होटल, रेष्टुरा तथा क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा सम्भावित संक्रमितको खोजीमा समेत अप्ठ्यारो भएको जनाईएको छ ।

संक्रमितको संख्या बढेपछि यसैसाता देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको कोरियाले तत्कालै विद्यालय सञ्चालन नगर्ने निर्णयमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.