भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पूर्व मालपाेत अधिकृत जेल चलान

पूर्व मालपाेत अधिकृत जेल चलान

काठमाडौं । ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दामा तत्कालीन मालपोत अधिकृतलाइ जेल चलान गरिएकाे छ । विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र चन्द्रबहादुर सारूको इजलासले थुनामा राख्ने आदेश दिएपछि अधिकृत कृष्णप्रसाद पौडेल जेल चलान भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । आफैँ अदालतमा उपस्थित भएका पौडेललाई पुर्पक्षमा राख्नुपर्ने आदेश दिएको हो । यस जग्गा प्रकरणमा पौडेल नै अदालतमा उपस्थित हुने पहिलो प्रतिवादी हुन् ।

प्रधानमन्त्रीनिवास विस्तारको नाममा गलत लिखत तयार पारी नक्कली मोही खडा गरेर करिब १४ रोपनी जग्गा मासिएको अभियोग पौडेलमाथि लागेको छ । पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो दाबी सहितको मुद्दा दायर गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.