भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

पेन्सन सुधारको विरोधमा भएको हड्तालले फ्रान्सको जनजीवन प्रभावित

पेन्सन सुधारको विरोधमा भएको हड्तालले फ्रान्सको जनजीवन प्रभावित

काठमाडौं । पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले फ्रान्सको जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा पनि ठप्प भएको छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि ८७ जनालाई हिरासतमा लिइएको संचारमाध्यमले जनाएका छन् ।

फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् । नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ । तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने व्यवस्था छ । पेन्सन सुधारको विरोधमा भइरहेको हड्तालमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु समेत सहभागी भएका छन् ।

राष्ट्रपति इम्यानुयल म्याक्रोले फ्रान्समा एक ‘युनिभर्सल प्वाइन्ट बेस्ड पेन्सन प्रणाली’ शुरु गर्न चाहेका छन् । फ्रान्सको मौजुदा पेन्सन स्किम लागू गर्ने म्याक्रोलको उद्देश्य रहेको छ । यद्यपि फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग-अलग पेन्सन स्किम लागूगरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.