भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

बजेट अधिवेशन : नीति तथा कार्यक्रम जेठ २ गते, कोरोना परिक्षणपछि मात्रै सांसदलाई प्रवेश दिइने

बजेट अधिवेशन : नीति तथा कार्यक्रम जेठ २ गते, कोरोना परिक्षणपछि मात्रै सांसदलाई प्रवेश दिइने

२५ बैशाख २०७७ काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन भोलि शुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमा सरकारले जारी गरेको अध्यादेशले खारेज गरेका साविकको ऐनको व्यवस्था जगाउने अध्यादेश टेवल गर्ने कार्यसुची रहेको छ ।

संसद अधिवेशन शुरु हुनुपूर्व सबै संसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना परीक्षणको नतिजा देखाएपछि मात्रै सांसदहरुलाई प्रवेश दिइनेछ । संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बिहीबार संकलन गरिएका सबै स्वाबको परीक्षण रिपोर्ट शुक्रबारसम्म आइपुग्ने र त्यहि अनुसार सांसदहरुलाई बैठक कक्षमा जान दिइनेछ ।

नीति तथा कार्यक्रम जेठ २ गते

संसद सचिवालयका अनुसार शुक्रबारदेखि बैठक शुरु हुने र २८ र २९ गतेगरी दुई दिन प्रि–बजेट छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम भने जेठ २ गते आउने छ ।

सचिवालयका प्रवक्ता पाण्डेका अनुसार जेठ २ गते बेलुका ४ बजेका लागि राष्ट्रपतिद्वारा दुबै सदनको संयुक्त बैठक आह्वान भइसकेको र त्यसैदिन राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्न कार्यसूची रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने भएका कारण सरकारले नियमित रुपमै बजेट पेश गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.