काठमाडौं । कोरोना भाइरस भित्रिन नदिन नेपाल सरकारले भारतबाट पनि मानवीय आवतजावतमा रोक लगाउने तयारी थालेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको छ । भारतबाट आउजाउ नरोकिएको भन्दै तत्काल रोक्न सरकारले यस्तो कदम चाल्ने एक मन्त्रीले बताए ।
सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो भएकाले पनि रोक लगाउन थालिएको हो । भारतमा कोरोनाबाट तीन जनाको मृत्यु भएको र १३७ जनामा संक्रमण भेटिएकाे संचारमाध्यमले बताएका छन् ।
