बारा । अविवाहित केटीलाई मोबाइल बोक्न सिम्रौनगढ नगरपालिका वडा नं ५ ले प्रतिबन्ध लगाइएको छ । वडास्तरको बैठकले केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।
भागेर विहे गर्ने क्रम बढेपछि कम उमेरका केटीहरुलाई मोवाईल बोक्नमा रोक लगाएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए ।
सरकारले विवाहको उमेर २० वर्ष तोकेको भएपनि १५, १६ वर्षकै उमेरमा विवाह गर्ने चलन बढ्दै गएको छ ।
