भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यसकारण डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट हटायो

यसकारण डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट हटायो

१३ बैशाख २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ । नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

लेभल ४ बाट हटाएर लेभल ३ मा झारेको भन्दै विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ।’

भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको भन्दै उनले पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान लेभल ५ मा नै रहेको श्रेष्ठले बताए ।

पछिल्लो समय नेपालले पीसीआर र र्‍यापिड टेष्टको दायरा बढाएको, लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, स्थानीय तहले कडाईका साथ नियमको पालना गरेको कार्यको मूल्यांकन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए ।

कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको भन्दै सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार, संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको उनको भनाई छ ।

डव्लुएचओले नेपालको कोरोना नियन्त्रण सम्वन्धी कदमलाई सही दिशामा अघि बढीरहेको उल्लेख गरेको जानकारी दिदै नेपालमा कोरोनाबाट ४९ जना संक्रमित भएको र ११ जना निको भएर घर फर्किसकेका बताए ।

 


Thali Mobile Pvt.Ltd.