भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

यसकारण डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट हटायो

यसकारण डब्लुएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट हटायो

१३ बैशाख २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ । नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

लेभल ४ बाट हटाएर लेभल ३ मा झारेको भन्दै विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ।’

भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको भन्दै उनले पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान लेभल ५ मा नै रहेको श्रेष्ठले बताए ।

पछिल्लो समय नेपालले पीसीआर र र्‍यापिड टेष्टको दायरा बढाएको, लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, स्थानीय तहले कडाईका साथ नियमको पालना गरेको कार्यको मूल्यांकन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए ।

कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको भन्दै सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार, संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको उनको भनाई छ ।

डव्लुएचओले नेपालको कोरोना नियन्त्रण सम्वन्धी कदमलाई सही दिशामा अघि बढीरहेको उल्लेख गरेको जानकारी दिदै नेपालमा कोरोनाबाट ४९ जना संक्रमित भएको र ११ जना निको भएर घर फर्किसकेका बताए ।

 


Thali Mobile Pvt.Ltd.