भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महामारी नियन्त्रणका लागि आठबीस नगरपालिकालाई होटल वसिस इनले दियो ५० हजार

महामारी नियन्त्रणका लागि आठबीस नगरपालिकालाई होटल वसिस इनले दियो ५० हजार

१३ वैशाख २०७७ दैलेख । कोरोना महामारीले विश्व प्रताडित बनिरहेका बेला यसको रोकथाम तथा नियन्त्रणका लागि आठबिस नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा होटल वसिस इन (Hotel Ossis INN)ले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नगरवासीलाई राहत प्रदानमा सहयोग होस भन्ने हेतुले आर्थिक सहयोग गरिएको होटल संचालक भरत सिजापतिले बताएका छन् । शनिवार नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नगरप्रमुख खड्गराज उपाध्यायलाई चेक हस्तान्तरण गरेका हुन् ।

राकम कर्णालीमा ४ मा सञ्चालित होटल वसिस इनका सञ्चालक तथा क्षितिज कन्ट्रक्सनका प्रोपराइटर भरतकुमार सिजापती समाज सेवामा सक्रिय एक युवा व्यवसायी हुन् । कोरोनाले भयावहकोरुप लिइरहेका बेला आठबीस नगरमा त्यस्तो स्थिति नआवस र नगरपालिकालाई महामारी नियन्त्रण गर्न सजिलो होस भन्दै आफुले ५० हजार सहयोग गरेको सिजापतीले कैलाश खबरलाई बताए ।

भविष्यमा आइपर्ने विपद् व्यवस्थापनका लागि पनि सहयोग गर्दै जाने भन्दै उनले तत्कालै स्वास्थ्य चौकी राकम कर्णालीलाई इसिजी मेसिन पनि उपलब्ध गराउने बताएका छन् । कोरोना महामारी नियन्त्रण गर्न व्यवसायीका तर्फबाट गरिएको सहयोगको उच्च कदर गर्दै नगरप्रमुख उपाध्यायले उनलाइ धन्यवाद दिए ।

आगामी दिनमा पनि निजीक्षेत्रका तर्फबाट थप सहयोगको अपेक्षा गरेको आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले बताए ।

 


Thali Mobile Pvt.Ltd.