भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

र्‍यापिड टेस्टमा नेगेटिभ आएकी महिलाको काेराेना ‘पोजेटिभ’ देखिएपछि कैलालीमा सतर्कता बढ्याे

र्‍यापिड टेस्टमा नेगेटिभ आएकी महिलाको काेराेना ‘पोजेटिभ’ देखिएपछि कैलालीमा सतर्कता बढ्याे

धनगढी  । कैलालीमा र्‍यापिड टेस्टपछि घर पठाईएकी महिलाको प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्लाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्कीचुहा अस्पतालका अनुसार, ‘१४ दिन क्वारेन्टाईमा राखिएपछि ति महिलाको ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको थियो। अहिले प्रयोगशालामा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिएको छ।’ लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल लगिएकाे छ ।

सुदूरपश्चिम प्रदेशमा यसअघि चार जनामा कोरोनाको संक्रमण देखिएको थियाे । धनगढीका दुई, लम्कीका एक र कञ्चनपुरका एक जनामा संक्रमण देखिएको थियो।

 


Thali Mobile Pvt.Ltd.