भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

र्‍यापिड टेस्टमा नेगेटिभ आएकी महिलाको काेराेना ‘पोजेटिभ’ देखिएपछि कैलालीमा सतर्कता बढ्याे

र्‍यापिड टेस्टमा नेगेटिभ आएकी महिलाको काेराेना ‘पोजेटिभ’ देखिएपछि कैलालीमा सतर्कता बढ्याे

धनगढी  । कैलालीमा र्‍यापिड टेस्टपछि घर पठाईएकी महिलाको प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्लाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्कीचुहा अस्पतालका अनुसार, ‘१४ दिन क्वारेन्टाईमा राखिएपछि ति महिलाको ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको थियो। अहिले प्रयोगशालामा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिएको छ।’ लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल लगिएकाे छ ।

सुदूरपश्चिम प्रदेशमा यसअघि चार जनामा कोरोनाको संक्रमण देखिएको थियाे । धनगढीका दुई, लम्कीका एक र कञ्चनपुरका एक जनामा संक्रमण देखिएको थियो।

 


Thali Mobile Pvt.Ltd.