भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

लागुऔषधसहित दुई युवा पक्राउ

लागुऔषधसहित दुई युवा पक्राउ

सिरहा । लागुऔषधसहित सिरहा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–४ बाट २८ वर्षीय अनिथा महरालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरी टोलीले महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद गरेको छ । आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए ।

यस्तै प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका–१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई पनि पक्राउ गरेको जनाएको छ ।

लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.