भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको पुष्टी

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको पुष्टी

२६ साउन २०७७ काठमाडौं । गोंगबु टाेखाकाे नवज्याेती मार्गमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । प शवको सनाखतका लागि तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो ।

नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गरेकाे प्रहरी बताएकाे छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली गोंगबु पुगेर अनुसन्धान थालेकाे छ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो ।

शव भेटियाे

हिजो गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारेका थिए । तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे जानकारी गराएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधिकृतहरु त्यहाँ पुगेका थिए ।

जघन्य अपराधको संकेत पाएलगतै फरेन्सिक विज्ञ र केन्द्रीय कुकुर तालिम केन्द्रका टोली पनि त्यहाँ पुग्यो र सुटकेशमा शव भएको पत्ता लाग्यो । सुटकेशमा टाउको र खुट्टाविनाको शव भेटियो । सुटकेशभित्र ४५ वर्षका पुरुषको भएको चिकित्सकले अनुमान गरेका थिए । टाउको नभेटिइ अनुसन्धान गाह्रो भयो ।

त्यसपछि कुकुर परिचालन गरियो । जोजो नामक ट्याकर कुकुरले सुटकेश सुँघेर तीन सय मिटर पर जेब्रा झोलामा टाउको र खुट्टा भेटायो । दुवै स्थानमा भेटिएको शवको टुक्राको अवलोकनबाट फरेन्सिक विज्ञले घटना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकाल्यो तर पहिचान भएन । पहिचानका लागि प्रहरीले टाउको सार्वजनिक गरेकाे थियाे ।

 


Thali Mobile Pvt.Ltd.