भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चितवन कारागारबाट भागेका १३९ कैदी अझै फरार, ११ भारतीय नागरिकसमेत सम्पर्कविहीन

चितवन कारागारबाट भागेका १३९ कैदी अझै फरार, ११ भारतीय नागरिकसमेत सम्पर्कविहीन

चितवन, ९ कात्तिक । चितवन जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै सम्पर्कमा आएका छैनन् । तीमध्ये दुई जना बालबालिका पनि रहेका छन् ।

गत भदौ २५ गते चितवन कारागारबाट चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना कारागारमा फर्किएका छन् भने ९ जना अन्य कारागारमा पुगेका छन् । बाँकी १३९ जना भने अझै फरार रहेका कारागार प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार, केही कैदी पहिले सम्पर्कमा आएका भए पनि पछिल्ला दिनमा पुनः सम्पर्कविहीन भएका छन् । कारागारले सम्पर्कविहीन कैदीहरूको ठेगाना र विवरण प्रहरीका विभिन्न एकाइहरूमा पठाइसकेको छ । ढुङ्गानाका अनुसार, फरार कैदीहरूमा धेरै लागूऔषध मुद्दा, जबरजस्ती करणी र दुर्लभ एकसिङ्गे गैँडा चोरी – सिकारीमा संलग्नहरू रहेका छन् । कारागारले असोज २० गतेसम्म सम्पर्कमा आउनका लागि सूचना जारी गरेको भए पनि तोकिएको समयसम्म नआएकाहरूमाथि कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

कारागारका अनुसार, फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी कारबाही गरिनेछ । हालसम्म फर्किएकामध्ये ६२ जनालाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा बुझाएको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले बताएका छन् । उनका अनुसार, फरार कैदीहरूको खोजीका लागि सबै प्रहरी एकाइहरू सक्रिय छन् । “फरारहरू पक्राउ गर्न स्थानीयको सहयोग पनि अत्यावश्यक छ,” एसपी पुरीले भने ।

 

 


Thali Mobile Pvt.Ltd.