भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

जनताबाट नै सबै कुरा सिक्न सकिन्छ भन्ने प्रमाण हुन्, ‘जनार्दन’

जनताबाट नै सबै कुरा सिक्न सकिन्छ भन्ने प्रमाण हुन्, ‘जनार्दन’

१५ बैशाख २०७७ काठमाडौं । जनता नै शक्तिका स्रोत हुन् र जनताबाट नै सबै कुरा सिक्न सकिन्छ भन्ने कुराको प्रमाण बनेका छन् जनार्दन शर्मा प्रभाकर ।

पूर्वगृहमन्त्री तथा नेकपाका नेता प्रभाकरले जनपरिचालनबाट १० दिनमै अस्पताल निर्माण गरेर देखाएका छन् । विश्वमा कोरोना भाइरसले महामारीको रुपलगेकाले सम्भावित खतरा आउन नदिन उनले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अस्पताल निर्माणको काम थालेका हुन् ।

भवन निर्माणका लागि आफै श्रममा खटिएर रुकुम आठबिसकोट नगरपालिकामा सुविधा सम्पन्न ८ कोठाको अस्पताल निर्माणमा जुटेका हुन् ।जनयुद्धले सिकाएको अनुभव र राज्यसंचालनका केही सिपले उनको इच्छाशक्तिलाई साथ दिएको छ श्रम सहकारीले ।

१० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माणमा श्रम सहकारीले दिएको साथले यतिबेला जनार्दन शर्मालाई जनताको नेतृत्व भनेर परिभाषित गरिदिएको छ । इच्छाशक्ति भयो, जनताले आफ्नै लागि आफैले अस्पताल निर्माण गरेको नेता शर्माको भनाई छ ।

जनताका समस्या समाधान गर्न जुनसुकै कठिनाईको पनि सामना गर्न तयार रहने प्रभाकर दुरदर्शी नेताको रुपमा परिचित छन् । चीनमा दश दिनमै हजार शैयाको अस्पताल निर्माणबाट प्रभावित नेता शर्माले गर्न चाहे सबैकुराको सम्भव रहेको उदाहरण देखाएका छन् ।

नवनिर्मित आइसोलेसन भवनको औपचारीक उद्घाटन हुन बाँकी रहेकाे नगरपालकाले जनाएकाे छ । यसबाट अन्य प्रदेश र नेतृत्वले पनि सिकाे गर्नु पर्ने नगरपालिकाकाे ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.