भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै

नेपालमा दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै

काठमाडौं । शनिबार विश्व दूध दिवस मनाइँएको छ । ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ नारासहित विभिन्न कार्यक्रम विश्व दूध दिवस मनाइएको हो ।

सातै प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघलगायतले विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।

नेपालमा दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै गएको छ ।आर्थिक वर्ष २०७८–०७९ मा देशभर २५ लाख ६६ हजार ६१४ मेट्रिकटन दूध उत्पादन भएको एसोसिएसनले जनाएको छ।

विश्व दूध दिवसका अवसरमा केन्द्रीय स्तरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व र विभिन्न सरोकारावाला निकायको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुग्धपान, दूधको सेवनसम्बन्धी उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्न कार्यक्रम गरेर मनाइएको छ ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो। नेपालले सन् २०११ देखि दूध दिवस मनाउन थालिएको हो ।

 


Thali Mobile Pvt.Ltd.