भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेपालमा दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै

नेपालमा दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै

काठमाडौं । शनिबार विश्व दूध दिवस मनाइँएको छ । ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ नारासहित विभिन्न कार्यक्रम विश्व दूध दिवस मनाइएको हो ।

सातै प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघलगायतले विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।

नेपालमा दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै गएको छ ।आर्थिक वर्ष २०७८–०७९ मा देशभर २५ लाख ६६ हजार ६१४ मेट्रिकटन दूध उत्पादन भएको एसोसिएसनले जनाएको छ।

विश्व दूध दिवसका अवसरमा केन्द्रीय स्तरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व र विभिन्न सरोकारावाला निकायको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुग्धपान, दूधको सेवनसम्बन्धी उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्न कार्यक्रम गरेर मनाइएको छ ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो। नेपालले सन् २०११ देखि दूध दिवस मनाउन थालिएको हो ।

 


Thali Mobile Pvt.Ltd.