भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सरकारले प्रदेशलाई दिने अनुदान घटायो, पालिकामा बढायो

सरकारले प्रदेशलाई दिने अनुदान घटायो, पालिकामा बढायो

काठमाण्डौ । सङ्घीय अनुदान कर्णाली प्रदेशलाई बढी र मधेश प्रदेशलाई कम छुट्याइएको छ । आउँदो आर्थिक वर्षका लागि वितरण
कर्णाली प्रदेशलाई कुल १६ अर्ब ३ करोड ८८ लाख तथा मधेश प्रदेशलाई कुल ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ छुट्याइएको हो ।
सरकारले प्रदेशलाई दिने अनुदान घटाएको छ भने पालिकाको बढाएको छ ।

चालू आर्थिक वर्षमा पालिकाहरुलाई दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख रुपैयाँ अनुदान छुट्याइएकोमा आउँदो आर्थिक वर्षका लागि तीन खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ अनुदान छुट्याइएको छ । कर्णाली प्रदेशलाई समानीकरणमा १० अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, ससर्तमा तीन अर्ब ७१ करोड ५० लाख रुपैयाँ, विशेषमा ६७ करोड २५ लाख रुपैयाँ र समपूरकमा एक अर्ब २८ करोड ५० लाख रुपैयाँ अनुदान दिइनेछ ।

कोशी प्रदेशलाई १४ अर्ब ५४ करोड २६ लाख, बाग्मती प्रदेशलाई १४ अर्ब ७ करोड ५६ लाख, लुम्बिनीलाई १४ अर्ब १ करोड ९३ लाख, सुदूरपश्चिम प्रदेशलाई १३ अर्ब ८३ करोड २१ लाख र गण्डकी प्रदेशलाई १२ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ छुट्याइएको छ ।

मधेश प्रदेशलाई समानीकरणमा सात अर्ब ७९ करोड ९२ लाख रुपैयाँ र ससर्तमा तीन अर्ब ५५ करोड ७८ लाख रुपैयाँ अनुदान दिइने अर्थ मन्त्रालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.