भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

बागलुङको रिठे खोलामा बन्यो पक्की पुल

बागलुङको रिठे खोलामा बन्यो पक्की पुल image

पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ। संघीय सरकारको २ दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ। पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए।

उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए। ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,’ उनले भने। ‍नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६।६ मिटर छ।

पुललाई बाढी पहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदैछ। रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.