भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन्।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९.४६ प्रतिशत किशोरीले खोप लगाएका छन्। जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन्। ‘खोप अभियान उत्साजनक रूपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ,’ उनले भने।

गौतमका अनुसार कोशीमा ३८.७, मधेशमा १९.९, बागमतीमा ४१.६, गण्डकीमा ४५.२, लुम्बिनीमा ४९.७, कर्णालीमा ३७.७ र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन्।

जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९.३ प्रतिशत किशोरीले खोप लगाएका छन्। यस्तै, बैतडीका ८२.७ र गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन्। रासस

 


Thali Mobile Pvt.Ltd.