भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन्।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९.४६ प्रतिशत किशोरीले खोप लगाएका छन्। जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन्। ‘खोप अभियान उत्साजनक रूपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ,’ उनले भने।

गौतमका अनुसार कोशीमा ३८.७, मधेशमा १९.९, बागमतीमा ४१.६, गण्डकीमा ४५.२, लुम्बिनीमा ४९.७, कर्णालीमा ३७.७ र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन्।

जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९.३ प्रतिशत किशोरीले खोप लगाएका छन्। यस्तै, बैतडीका ८२.७ र गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन्। रासस

 


Thali Mobile Pvt.Ltd.