भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप

एजेन्सी । डब्ल्यूएचओबाट अर्जेन्टिनाले बाहिरिने घोषणा गरेको छ । पनि विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले जानकारी गराएका हुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि डब्ल्यूएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको निर्णयपछि अर्जेन्टिनाले यो घोषणा गरेको हो । राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका हुन ।

प्रवक्ता एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्ल्यूएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताएका छन् । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयले डब्ल्यूएचओलाई कोभिड–१९ महामारीको समयमा लकडाउन गरी आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोपसमेत लगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.