भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप

एजेन्सी । डब्ल्यूएचओबाट अर्जेन्टिनाले बाहिरिने घोषणा गरेको छ । पनि विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले जानकारी गराएका हुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि डब्ल्यूएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको निर्णयपछि अर्जेन्टिनाले यो घोषणा गरेको हो । राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका हुन ।

प्रवक्ता एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्ल्यूएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताएका छन् । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयले डब्ल्यूएचओलाई कोभिड–१९ महामारीको समयमा लकडाउन गरी आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोपसमेत लगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.