भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ललितपुरमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

ललितपुरमा सुख्खा पहिरो खस्दा दुई जना घाइते

काठमाडौं । ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर र मोटरसाइकल चालक छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालकलाई उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । ट्याक्टर चालक भने सामान्य घाइते छन् । उनीहरुको पहिचान हुन बाँकी नै छ ।

मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स१त ७३१८ नम्बरको ट्याक्टर चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश २(०३(००४ प ५६६१ नम्बरको मोटरसाइकलमाथि सुख्खा पहिरो खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.