भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

मन्थली–६ कै सन्जयकुमार घिसिङ भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरु सवार बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल सानेपाको स्टार अस्पताल अगाडि आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.