भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतको ढुङ्गाखानीमा पुरिएर १० जनाको मृत्यु

भारतको ढुङ्गाखानीमा पुरिएर १० जनाको मृत्यु

काठमाडौं । भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर १० जनाको ज्यान गएको छ । ढुङ्गाखानीमा पुरिएर केही व्यक्ति हराइरहेका छन् ।

मिजोरमको आइजोल जिल्लामा अविरल वर्षाका कारण आज बिहान ढुङ्गाखानीमा पहिरो झरेको र त्यही पहिरोमा पुरिएर १० जनाको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ । मिजोरमका प्रहरी महानिर्देशक अनिल शुक्लाले भग्नावशेषमा १० जना फसेको अनुमान गरिएको र उनीहरूको उद्धार भइरहेको जानकारी दिनुभएको छ । तर ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।

मिजोरममा राष्ट्रिय सडक पहिरोले बगाउँदा अरू राज्यसँगको यातायात सम्पर्क टुटेको छ । बिजुली आपूर्ति पनि बन्द भएको छ । सरकारले विद्यालय बन्द गरेको छ भने अत्यावश्यकबाहेकका काम घरबाटै गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.