भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भारतको ढुङ्गाखानीमा पुरिएर १० जनाको मृत्यु

भारतको ढुङ्गाखानीमा पुरिएर १० जनाको मृत्यु

काठमाडौं । भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर १० जनाको ज्यान गएको छ । ढुङ्गाखानीमा पुरिएर केही व्यक्ति हराइरहेका छन् ।

मिजोरमको आइजोल जिल्लामा अविरल वर्षाका कारण आज बिहान ढुङ्गाखानीमा पहिरो झरेको र त्यही पहिरोमा पुरिएर १० जनाको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ । मिजोरमका प्रहरी महानिर्देशक अनिल शुक्लाले भग्नावशेषमा १० जना फसेको अनुमान गरिएको र उनीहरूको उद्धार भइरहेको जानकारी दिनुभएको छ । तर ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।

मिजोरममा राष्ट्रिय सडक पहिरोले बगाउँदा अरू राज्यसँगको यातायात सम्पर्क टुटेको छ । बिजुली आपूर्ति पनि बन्द भएको छ । सरकारले विद्यालय बन्द गरेको छ भने अत्यावश्यकबाहेकका काम घरबाटै गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.