भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट गरे कारबाही हुने

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट गरे कारबाही हुने

काठमाडौँ,  माघ १६ । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट, संशोधन वा थपघट गरेमा कडा कारबाही हुने स्पष्ट पारेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कानूनविपरीत तरिकाले चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको पाइए कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र वितरण गरिएको वा विवरण हेरफेर गरिएको खण्डमा सम्बन्धित व्यक्ति तथा संलग्नमाथि कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ।

मन्त्रालयका अनुसार कानून विपरीत गरिएका काम–कारबाहीको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख गरिने व्यवस्था छ। यसले वैदेशिक अध्ययन, भ्रमण, रोजगारी तथा अन्य अन्तर्राष्ट्रिय प्रयोजनमा जाने क्रममा प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानूनी व्यवस्था, विधि र प्रक्रिया अनुसार मात्र काम कारबाही गर्न तथा गराउन आग्रह गरिएको छ। तोकिएको प्रक्रिया विपरीत कार्य गरे भविष्यमा सम्बन्धित व्यक्तिलाई नै गम्भीर प्रतिकूल असर पर्न सक्ने गृह मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.