भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट गरे कारबाही हुने

प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट गरे कारबाही हुने

काठमाडौँ,  माघ १६ । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट, संशोधन वा थपघट गरेमा कडा कारबाही हुने स्पष्ट पारेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कानूनविपरीत तरिकाले चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको पाइए कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र वितरण गरिएको वा विवरण हेरफेर गरिएको खण्डमा सम्बन्धित व्यक्ति तथा संलग्नमाथि कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ।

मन्त्रालयका अनुसार कानून विपरीत गरिएका काम–कारबाहीको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख गरिने व्यवस्था छ। यसले वैदेशिक अध्ययन, भ्रमण, रोजगारी तथा अन्य अन्तर्राष्ट्रिय प्रयोजनमा जाने क्रममा प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानूनी व्यवस्था, विधि र प्रक्रिया अनुसार मात्र काम कारबाही गर्न तथा गराउन आग्रह गरिएको छ। तोकिएको प्रक्रिया विपरीत कार्य गरे भविष्यमा सम्बन्धित व्यक्तिलाई नै गम्भीर प्रतिकूल असर पर्न सक्ने गृह मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.