भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानलक्षित अमेरिकी शक्ति प्रदर्शन, मध्यपूर्वमा अत्याधुनिक युद्धपोत परिचालन

इरानलक्षित अमेरिकी शक्ति प्रदर्शन, मध्यपूर्वमा अत्याधुनिक युद्धपोत परिचालन

एजेन्सी । अमेरिकाले इरानलाई लक्षित गर्दै मध्यपूर्व क्षेत्रमा अत्याधुनिक युद्धपोत परिचालन गरेको छ। इरानलाई परमाणु वार्तासम्बन्धी अन्तिम चेतावनी दिएको केही समयमै अमेरिकाले शक्तिशाली युद्धपोत यूएसएस डेलबर्ट डी ब्ल्याक परिचालन गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक वार्ताको ढोका खुला रहेको बताउँदै आए पनि पछिल्लो सैन्य परिचालनले क्षेत्रीय तनाव थप चर्किएको छ। सैन्य गतिविधि बढेसँगै मध्यपूर्वमा युद्धको आशंका पनि बढेको विश्लेषकहरूको भनाइ छ।

यसैबीच, युरोपेली संघले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई औपचारिक रूपमा ‘आतंककारी संगठन’ को सूचीमा सूचीकृत गर्ने निर्णय गरेको छ। यस कदमले इरानमाथि थप आर्थिक तथा राजनीतिक दबाब सिर्जना गर्ने देखिएको छ।

क्षेत्रीय सुरक्षा विज्ञहरूका अनुसार खाडी क्षेत्रमा अमेरिका र इरान दुवै पक्षको शक्ति प्रदर्शनले तेल आपूर्ति, ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापार मार्गमा समेत गम्भीर असर पर्न सक्ने खतरा बढेको छ।

संयुक्त राष्ट्र संघले भने सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेको छ।

 


Thali Mobile Pvt.Ltd.