भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

इरानलक्षित अमेरिकी शक्ति प्रदर्शन, मध्यपूर्वमा अत्याधुनिक युद्धपोत परिचालन

इरानलक्षित अमेरिकी शक्ति प्रदर्शन, मध्यपूर्वमा अत्याधुनिक युद्धपोत परिचालन

एजेन्सी । अमेरिकाले इरानलाई लक्षित गर्दै मध्यपूर्व क्षेत्रमा अत्याधुनिक युद्धपोत परिचालन गरेको छ। इरानलाई परमाणु वार्तासम्बन्धी अन्तिम चेतावनी दिएको केही समयमै अमेरिकाले शक्तिशाली युद्धपोत यूएसएस डेलबर्ट डी ब्ल्याक परिचालन गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक वार्ताको ढोका खुला रहेको बताउँदै आए पनि पछिल्लो सैन्य परिचालनले क्षेत्रीय तनाव थप चर्किएको छ। सैन्य गतिविधि बढेसँगै मध्यपूर्वमा युद्धको आशंका पनि बढेको विश्लेषकहरूको भनाइ छ।

यसैबीच, युरोपेली संघले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई औपचारिक रूपमा ‘आतंककारी संगठन’ को सूचीमा सूचीकृत गर्ने निर्णय गरेको छ। यस कदमले इरानमाथि थप आर्थिक तथा राजनीतिक दबाब सिर्जना गर्ने देखिएको छ।

क्षेत्रीय सुरक्षा विज्ञहरूका अनुसार खाडी क्षेत्रमा अमेरिका र इरान दुवै पक्षको शक्ति प्रदर्शनले तेल आपूर्ति, ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापार मार्गमा समेत गम्भीर असर पर्न सक्ने खतरा बढेको छ।

संयुक्त राष्ट्र संघले भने सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेको छ।

 


Thali Mobile Pvt.Ltd.