भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

उच्च तापक्रम हुने भएका कारण तराइमा सावधानी अपनाउन आग्रह

उच्च तापक्रम हुने भएका कारण तराइमा सावधानी अपनाउन आग्रह

काठमाडौं । तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा तातो हावा चल्ने भएको हो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ।

तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ।

शुक्रवारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ।
काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नसक्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति पनि यी स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.