भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेट्रोलियम पदार्थमा हरित कर लाग्यो

पेट्रोलियम पदार्थमा हरित कर लाग्यो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा कर लगायको छ । पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको हो । आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले हरित कर लगाउने सरकारले उल्लेख हो ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उक्त करको व्यवस्था गरेको हो । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि एक प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ।

जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कर लगाउने प्रस्ताव गरिएको जनाइएको छ। करसँगै पेट्रोलियम पदार्थको मूल्यमा चाप पर्नेछ।

फर्नेस आयल, बेस आयलमा शून्य दशमलव पाँच प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत बराबर हरित कर लाग्ने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.