भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

वीरगन्जमा उत्पन्न समुदाय विवाद समाधानका लागि सर्वपक्षीय बैठक

वीरगन्जमा उत्पन्न समुदाय विवाद समाधानका लागि सर्वपक्षीय बैठक

वीरगन्ज, ३१ चैत । वीरगन्जमा दुई समुदायबीच हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवाद समाधान गर्न सर्वपक्षीय बैठक बोलाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बैठकका लागि बोलाइएका प्रतिनिधिहरू आउन थालिसकेका छन्।

शनिबार शोभायात्राका क्रममा सहभागीहरूले उच्छृङ्खल व्यवहार गरेको भन्ने आरोपमा तनाव सुरु भएको थियो, जुन पछि झडपमा परिणत भयो। प्रहरीको भनाइअनुसार एक पक्षले शोभायात्रामा अनुचित गतिविधि भएको दाबी गरेको छ भने शोभायात्रामा सहभागीहरूले मस्जिदबाट ढुङ्गा हानिएकोले विवाद चर्किएको बताएका छन् । 

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले शनिबार साँझ ६:३० बजेदेखि आइतबार बिहान १२ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो। शान्ति कायम गर्न सेना परिचालन गरिएको छ। यो सर्वपक्षीय बैठकले संवादमार्फत शान्ति स्थापना गर्ने लक्ष्य राखेको छ।

 


Thali Mobile Pvt.Ltd.