भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनसँग सम्बन्धित सामग्री बन्देज गर्ने तयारी

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनसँग सम्बन्धित सामग्री बन्देज गर्ने तयारी

काठमाडौं । अमेरिकाका विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको छ । विद्यार्थीहरूले देश र विदेशका विभिन्न विषयलाई लिएर विरोध प्रदर्शन गर्ने क्रम तीव्र बन्न थालेपछि विश्वविद्यालयमा टेन्ट, मास्क लगायतका विरोध प्रदर्शनमा प्रयोग हुने वस्तु प्रतिबन्ध लगाउने तयारी भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो वर्षको शुरूमा प्यालेस्टाइनको समर्थनमा विद्यार्थीहरूको आन्दोलनले क्यालिफोर्निया विश्वविद्यालय अस्तव्यस्त बनेको थियो । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्यक्ष माइकल वी ड्रेकले विश्वविद्यालयले आफ्ना क्याम्पसहरूमा थप स्थिरता ल्याउन धेरै कदम चाल्ने बताएका छन् । क्याम्पिङ गर्ने, अनधिकृत संरचना बनाउने, अनुहार छोप्न वा पहिचान लुकाउनका लागि मास्क लगाउने लगायतका गतिविधिमा प्रतिबन्ध लगाउन उनले प्रस्ताव गरेका छन् ।

गाजामा जारी इजरायल–हमास द्वन्द्वको बीचमा संयुक्त राज्य अमेरिकाभरि कलेज र विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शन फैलिएको थियो । विश्वभर विभिन्न विषयलाई लिएर भइरहेका द्वन्द्वको पक्ष र विपक्षमा अमरिकी विश्वविद्यालयहरूमा आन्दोलन नहोस् भनेर प्रतिबन्धको तयारी गरिएको खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.