भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । गोठमा एउटा पाडो, दुई वटा बाख्रा र १५ वटा कुखुरासमेत च्यापिएर मरेका प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.