भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका सामग्री प्रयोग विहीन

आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका सामग्री प्रयोग विहीन

काठमाडौं । १५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ। आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका उक्त सामग्रीहरु प्रयोग विहिन भएका हुन ।

मतपत्र छाप्ने कागज खरिद गर्दा आयोगमा १२ करोड ४३ लाख रुपैयाँ बराबरको कागज प्रयोगविहीन अवस्थामा रहेको जनाइएको छ।
स्थानीय तह सदस्य निर्वाचनमा मतपत्र छाप्न खरिद गरिएको कागजमध्ये ३२७.५२ मेट्रिक टन मौज्दात रहँदारहँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८४८.७५६ मेट्रिक टन कागज खरिद गरिएको थियो ।

निर्वाचनपूर्व नमुना मतपत्र छाप्न खरिद गरिएको एक करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको मसी पनि प्रयोग नभएको प्रतिवेदनमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.