भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर महिलाको मृत्यु

निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर महिलाको मृत्यु

काठमाडौं । रुकुमपश्चिममा महिलाको मृत्यु भएको छ। निर्माणाधीन सडकको ढुंगाले लागेर महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० की ५२ वर्षीया नौली विक रहेको प्रहरीले जनाएको छ ।

घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला माथिबाट आएको ढुंगा लागेर घटनास्थलमै विकको ज्यान गएको हो । शुक्रबार साँझ चौरजहारी नगरपालिका–१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा ढुङ्गाले लागेर उनको मृत्यु भएको हो ।

यसअघि पनि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतिका लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ। करिब १५० मिटर तलको बाटोमा हिँडिरहेको वेला निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको हो।

 


Thali Mobile Pvt.Ltd.