भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर महिलाको मृत्यु

निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर महिलाको मृत्यु

काठमाडौं । रुकुमपश्चिममा महिलाको मृत्यु भएको छ। निर्माणाधीन सडकको ढुंगाले लागेर महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० की ५२ वर्षीया नौली विक रहेको प्रहरीले जनाएको छ ।

घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला माथिबाट आएको ढुंगा लागेर घटनास्थलमै विकको ज्यान गएको हो । शुक्रबार साँझ चौरजहारी नगरपालिका–१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा ढुङ्गाले लागेर उनको मृत्यु भएको हो ।

यसअघि पनि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतिका लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ। करिब १५० मिटर तलको बाटोमा हिँडिरहेको वेला निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको हो।

 


Thali Mobile Pvt.Ltd.