भर्खरै : Sorry, your browser does not support inline SVG.

ज्यान मार्ने उद्योगमा पाँच जना पक्राउ

ज्यान मार्ने उद्योगमा पाँच जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ज्यान मार्ने उद्योगमा पाँच जना युवालाई पक्राउ गरेको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका २४ वर्षीय सुदिप तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ वर्षीय दिपिन राई, २२ वर्षीय आशिष राई, २४ वर्षीय पर्वत राई, २१ वर्षीय सन्देश राई र २५ वर्षीय हिमाल राईलाई पक्राउ परेका हुन् ।

प्रतिवादी पाँच जना युवाले जेठ २० गते तामाङलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए। घाइते तामाङको काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.