भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

सरकारले अब मनसुनजन्य जानकारी दिन प्रेस बुलेटिन निकाल्ने

सरकारले अब मनसुनजन्य जानकारी दिन प्रेस बुलेटिन निकाल्ने image

काठमाडौं । अब सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो जानकारी दिएका हुन् ।

विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सोही कमान्ड पोस्टले प्रेस बुलेटिन निकाल्ने उनले जानकारी दिए । गृहमन्त्री लामिछानेका अनुसार विपद्‌मा खटिने पत्रकार स्वयम्‌सेवकहरूलाई आवश्यक तालिन दिन पनि लागिएको छ ।

गृहमन्त्री लामिछानेका अनुसार यो वर्षको विपद्‌बाट करिब १८ लाख नागरिक र चार लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । ८३ हजार परिवार प्रभावित हुने र १८ हजारलाई उद्धार र राहत दिनुपर्ने अनुमान छ । यसअनुसार तयारी गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको पनि जानकारी दिए ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.