भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ,दिल्लीमा २ जना समातिए

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ,दिल्लीमा २ जना समातिए

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाइएको छैन ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक गरेको छैन। पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको सीआईबी स्रोतले जनाएको छ ।

त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो । कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ ।

सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.