भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ। दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका २२ र २५ वर्षका नेपाली युवाहरुको ढुंगामा चिप्लिए ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ।

उनीहरु चिप्लिएको खबर पाएसँगै प्रहरी र लाइफ गार्डले उद्धार गरेका थिए। उनीहरुलाई हेलिकप्टरको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएसँगै उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए।

मृतकहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

 


Thali Mobile Pvt.Ltd.