भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट ९ थुम्सीको जंगलमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताए । अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने काम भइरहेको छ ।

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । बस हुत्तिएर अर्को बसमा ठोक्किँदा यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.