भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

तीन महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाबमा बागमती सरकार

तीन महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाबमा बागमती सरकार

मकवानपुर । बागमती प्रदेश सरकार चालु आर्थिक वर्षको अन्तिम तीन महिनामा झण्डै ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने गम्भीर दबाबमा परेको छ। वर्षभर योजना कार्यान्वयनमा सुस्तता देखिएको प्रदेश सरकारले चैत मसान्तसम्म जम्मा ३२।५१ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–८१ का लागि कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, ९ महिनामा खर्चको दर निकै कमजोर देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार अहिलेको खर्चको स्थिति हेर्दा विकास बजेट सकसमा परेको छ।

पुँजीगत खर्चमा उल्लेखनीय कमजोरी

प्रदेश सरकारले पुँजीगततर्फ ३७ अर्बभन्दा बढी बजेट छुट्याएको भए पनि हालसम्म २८.२४ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्चतर्फ भने ४०.५१ प्रतिशत अर्थात् करिब १० अर्ब ५० करोड रुपैयाँ खर्च गरिएको छ।

१३ वटै मन्त्रालयमध्ये स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी ४३.४३ र पर्यटन, उद्योग तथा संस्कृति मन्त्रालयले सबैभन्दा कम १६.४३ बजेट खर्च गरेका छन्। वित्तीय व्यवस्था र अर्थ विविध शीर्षकमा विनियोजन गरिएको बजेट हालसम्म शून्य खर्च देखिएको छ।

राजस्व पनि लक्ष्यअनुसार उठेन

प्रदेश सरकारले चालु वर्षमा ४ अर्ब ५३ करोड आन्तरिक स्रोतबाट उठाउने लक्ष्य राखेको थियो, तर हालसम्म ६०.२९ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड मात्रै संकलन भएको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटतर्फ पनि प्राप्त रकम लक्ष्यभन्दा कम छ।

राजनीतिक अस्थिरता र आयोजना अवरोध मुख्य कारण

आर्थिक मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले बजेट खर्चमा कमजोरी भएको स्वीकार गर्दै भुक्तानी प्रक्रियामा ढिलाइका कारण वित्तीय प्रगति देखिन नसकेको बताए। उनले भनिन्, “धेरै योजना सम्पन्न भइसके पनि भुक्तानी प्रक्रियामा रहेकोले खर्चको संख्या देखिएको छैन। वैशाख र जेठ महिनामा भुक्तानी बढ्नेछ।”

मन्त्रालयका एक कर्मचारीका अनुसार राजनीतिक संक्रमण, मन्त्रीहरूको अनावश्यक हस्तक्षेप र विपद् व्यवस्थापनमा केन्द्रित ध्यानका कारण बजेट कार्यान्वयन प्रभावित भएको हो।

बजेट खर्च हतारको होडतर्फ उन्मुख ?

अघिल्लो वर्षको तुलनामा चालु वर्षको खर्च अझै कमजोर देखिएको छ। गत आर्थिक वर्षको यही अवधिमा ४४ प्रतिशत बजेट खर्च भएको थियो भने यो वर्ष सो मात्र ३२ प्रतिशत छ। आर्थिक वर्षको अन्त्यतिर बजेट खर्चमा हतार र गुणस्तरहीनता देखिने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.