भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विद्यालय हडतालले सामुदायिक शिक्षा धरापमा: प्रमुख प्रजापति

विद्यालय हडतालले सामुदायिक शिक्षा धरापमा:  प्रमुख प्रजापति

भक्तपुर । शिक्षक राजेन्द्र प्रसाद प्रधानको अवकाश कार्यक्रम भावुक बन्यो, जब भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वर्तमान शिक्षा प्रणालीमाथिको खतरा औँल्याउँदै विद्यालय हडतालले सामुदायिक विद्यालयको भविष्य चौपट बनाउन सक्ने चेतावनी दिनुभयो।

दश वर्षे युद्धमा पनि स्कुल बन्द भएन, अहिले किन ?

उहाँले भन्ुन भयो “१० वर्षे सशस्त्र संघर्षको समयमा पनि भक्तपुरका विद्यालयहरू चलिरहे। त्यही निरन्तरताले यहाँको शिक्षा उत्कृष्ट भएको हो। अहिले भने विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको छ।”

प्रजापतिका अनुसार अनिश्चितकालीन हडतालका कारण नयाँ भर्ना, कक्षा सञ्चालन, एसईई कापी मूल्याङ्कन र कक्षा १२ को परीक्षा सबै प्रभावित हुँदैछन्। यस्तो अवस्थामा निजी विद्यालयले फाइदा उठाउने भन्दै उहाँले सावधानी अपनाउन सबै पक्षलाई आग्रह गर्नुभयो।

आन्दोलन गलत होइन, तर…

प्रजापतिले आन्दोलनलाई पूर्ण रूपमा नकारात्मक भने मान्नुभएन। उहाँले भन्नुभयो, “पेशागत हितका लागि आवाज उठाउनु स्वाभाविक हो। तर, त्यसको असर लाखौं निर्दोष विद्यार्थीको जीवनमा पर्ने हो भने त्यो क्षम्य हुँदैन।”

“अझै राम्रो शिक्षा बनाउने अवसर हो”

उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “२०३६ सालसम्म भक्तपुर शिक्षा क्षेत्रमा निकै पछाडि थियो। अहिले सुधार आएको छ। अब अझै राम्रो बनाउन शिक्षक, अभिभावक र स्थानीय समुदाय सबैको हातेमालो आवश्यक छ।”

विदाई, सम्मान र कदर

कार्यक्रमका केन्द्रबिन्दु थिए – ३ दशकसम्म शिक्षणमा समर्पित शिक्षक राजेन्द्र प्रसाद प्रधान। उहाँको योगदानको चर्चा गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले उहाँको मिलनसार र जिम्मेवार स्वभावको प्रशंसा गर्नुभयो। शिक्षक प्रेम कुमार मगरले भने, “हामीबीच कहिलेकाहीं विचार फरक पर्थ्यो, तर उहाँ जहिल्यै शालीन, विवेकी र विद्यार्थीप्रति समर्पित शिक्षक हुनुहुन्थ्यो।”

कार्यक्रमको सभापतित्व प्रधानाध्यापक रवि प्रधानले गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक राजकुमार ह्यौमिखाले स्वागत मन्तव्य दिनुभएको थियो। शिक्षक रामकुमार निरौलाले पनि प्रधानप्रतिको सम्मान व्यक्त गर्नुभयो। समारोहमा प्रमुख अतिथि प्रजापतिले शिक्षक प्रधानलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै हार्दिक सम्मान गर्नुभयो।

 


Thali Mobile Pvt.Ltd.