भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

मुख्य बुँदा

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको छपाइ सकियो

नमूना र समानुपातिकतर्फका मतपत्र पनि छपाइ सम्पन्न

मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भइरहेको

काठमाडौं, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ भइरहेको छ, हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ ।

त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत क्षेत्र नम्बर १ र २, रुकुम पश्चिम, बाजुरा, अछाम क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ तथा सुनसरी क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय वटा छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ, समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ समेत पूरा भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.