भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा १ हजार भन्दा धेरै जिज्ञासा

निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा १ हजार भन्दा धेरै जिज्ञासा

काठमाण्डौ, १९ माघ । चुनावमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीबारे जिज्ञासा राखेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा माघ १७ गतेसम्म जम्मा १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन् ।

यसमध्ये मतदाता नामावलीसम्बन्धी ९ सय ६, निर्वाचन आचारसंहितासम्बन्धी १ सय ३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५ सय ७५ रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या वा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउने योजना आयोगले अघि बढाइरहेको छ ।

हानिकारक सूचना उत्पादन वा सम्प्रेषण गर्ने १ सय २० विषयवस्तु उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ । ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।

त्यस्तै, १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै चुनावमा निजी क्षेत्रसँग पनि छलफल भएको छ । निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले अहिलेसम्म १ सय ५८ सामग्री स्वीकृत गराएर आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमा राखेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.