भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आएका प्रतिनिधिमण्डललाई भक्तपुर क्षेत्रमा स्वागत गरेका छन् ।

टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले विशेष जोड दिँदै आएको जानकारी दिए। भ्रमणका क्रममा उपाध्यक्ष पाथ अरले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको पनि बताए।

उपाध्यक्ष अरले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबीचको मित्रता अमर रहने विश्वास पनि व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डल टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृर्तिको कलाबारे चासो व्यक्त गरेका थिए ।
टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । सोही क्रममा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान भएको थियो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो भने चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका सदस्यहरु छि चाल, एवई च्यून, वन सु का·, यान च्यूए, वाङ चो·यी, लीन मियाओ लगायत उपस्थित थिए।

 


Thali Mobile Pvt.Ltd.