भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आएका प्रतिनिधिमण्डललाई भक्तपुर क्षेत्रमा स्वागत गरेका छन् ।

टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले विशेष जोड दिँदै आएको जानकारी दिए। भ्रमणका क्रममा उपाध्यक्ष पाथ अरले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको पनि बताए।

उपाध्यक्ष अरले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबीचको मित्रता अमर रहने विश्वास पनि व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डल टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृर्तिको कलाबारे चासो व्यक्त गरेका थिए ।
टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । सोही क्रममा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान भएको थियो ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो भने चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका सदस्यहरु छि चाल, एवई च्यून, वन सु का·, यान च्यूए, वाङ चो·यी, लीन मियाओ लगायत उपस्थित थिए।

 


Thali Mobile Pvt.Ltd.