भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भक्तपुरमै सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

भक्तपुरमै सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

भक्तपुर, ४ जेठ । १२१ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले आइताबारबाट थप नयाँ परिचय पाएको छ । अस्पतालमा सिटी स्क्यान सेवा औपचारिक रूपमा सुरु भएपछि भक्तपुर अस्पतालको परिचयमा नयाँ आयाम थपिएको हो ।

सिटी स्क्यान सेवा सुरु भएको अवसरमा आयोजित एक विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गर्दै “भक्तपुर अस्पताल देशकै पुरानो र सम्भावनायुक्त अस्पताल हो। तर विगतमा उपेक्षित भयो। अहिले भने हामीले आधुनिक सेवा विस्तारको दिशामा ऐतिहासिक कदम चाल्यौं। अब भक्तपुरमै अत्याधुनिक सिटी स्क्यान सेवा उपलब्ध छ। यो आम नागरिकका लागि ठूलो राहत हो।”

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेठले भक्तपुरमा स्वास्थय क्षेत्रलाई माया गर्ने सबै राजनीतिक दलहरु भएकाले भक्तपुर स्वास्थ्य क्षेत्रको हव बनाउन लाग्नु पर्ने बताउनुभयो । उहाँले सचिव मन्त्री सबै भक्तपुरकै भएकाले पनि यो अवसर नचुकाउन आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतम, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, अस्पतालका चिकित्सक तथा कर्मचारीहरू र भक्तपुर नगरपालिकाको सरकारत्मक भूमिकाले अस्पताल सबल र सक्षम बन्दै गएको बताउनुभयो ।

उहाँले देशको दोस्रो पुरानो अस्पतालमा अत्याधुनिक प्रविधियुक्त सेवा सुरु भएसँगै अब भक्तपुरबासीलाई सिटी स्क्यानका लागि काठमाडौं, ललितपुर वा अन्य टाढाका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । सचिव डा. गौतमले भन्नुभयो “सिटी स्क्यान मेसिन दिने कम्पनीसँग यस्तो सम्झौता भएको छ, जसअनुसार १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या आएमा तत्काल मर्मत हुनेछ। आवश्यक उपकरण र जनशक्ति समेत सरकारले व्यवस्थापन गरिसकेको छ।”

बागमती प्रदेश पूर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले आफू जन्मीएको अस्पताल भएकाले पनि यसको विकासमा सदैव साथ दिने भन्दै आफ्नो साल नालको सम्बन्ध यही अस्पतालमा रहेको चार्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले जनताको सेवा गर्ने थलो राम्रो हुनुपर्ने बताउँदै विगतमा भक्तपुर अस्पताल कस्तो थियो भन्ने कुरा स्मरण गर्नुभयो । उहाँ भक्तपुर नगरपालिकाले पनि सकारात्क भूमिका खेलेको बताउँदै भक्तपुर अस्पतालालई राम्रो बनाउन नगरपालिका सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सेवा सुरु भएपछि भक्तपुरका बिरामीहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब सिटी स्क्यानका लागि बिरामीले राजधानी धाउनु पर्ने छैन। यही अस्पतालमा सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध हुनेछ।” भक्तपुर अस्पतालमा सुरु भएको यो सेवा स्वास्थ्य सेवा विस्तार र पहुँच सुधारतर्फको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.