भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

मन्त्रिपरिषद् बैठक अनिश्चितकालका लागि स्थगित, गभर्नर नियुक्ति पेचीलाे बन्दै

मन्त्रिपरिषद् बैठक अनिश्चितकालका लागि स्थगित, गभर्नर नियुक्ति पेचीलाे बन्दै

काठमाडौँ, ५ जेठ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको तयारीका बीच उत्पन्न राजनीतिक रस्साकस्सीका कारण मन्त्रिपरिषद् बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बैठक सोमबार साँझ ६ बजेका लागि तय गरिएको भए पनि अन्तिम समयमा स्थगित गरिएको जानकारी दिए। स्रोतका अनुसार बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रमुख एजेन्डाका रूपमा राखिएको थियो।

बैठकअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिबारे निर्णायक छलफल हुने तयारी थियो। तर, सत्ता साझेदार दलहरूबीच सहमति नजुटेपछि बैठक अगाडि नबढाइएको उच्च स्रोतले जनाएको छ।

सरकारले हालसम्म गभर्नर नियुक्तिको विषयमा एकमत बनाउने प्रयास जारी राखेको छ। तर, सत्तारूढ गठबन्धनभित्रको आन्तरिक शक्ति सन्तुलनका कारण निर्णय प्रक्रिया प्रभावित भएको देखिन्छ। अहिलेसम्म नयाँ बैठकको मिति तय गरिएको छैन।

 


Thali Mobile Pvt.Ltd.