भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नवौं भक्तपुर महोत्सव: नयाँ वर्षको दिन सांगीतिक रौनक

नवौं भक्तपुर महोत्सव: नयाँ वर्षको दिन सांगीतिक रौनक

भक्तपुर, १ बैशाख । नयाँ वर्ष २०८२ को सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ भव्य रूपमा सुरु भएको छ। भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले यो महोत्सवको आयोजना गरेका हुन्।

महोत्सवको नयाँ वर्षको दिन चर्चित कलाकारहरू कुलेन्द्र विश्वकर्मा, विश्व केसी, गणेश केसी, विश्व नेपाली, सम्राट चौलागाइ, तारा थापा, जी दादा, डिएनभी र्‍याप, र द रोयल ब्याण्डले सांगीतिक प्रस्तुति दिने छन्। साथै, खुल्ला नृत्य र स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउने छ।

महोत्सवमा राखिएका विभिन्न सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिएको छ। प्रवेशका लागि टिकट शुल्क रु. ८० र रु. ५० तोकिएको छ।

 


Thali Mobile Pvt.Ltd.