भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

देको मिवा आवास योजना चौथो परियोजना, जनताको मागअनुसार अघि बढाइनेः मेयर प्रजापति

देको मिवा आवास योजना चौथो परियोजना, जनताको मागअनुसार अघि बढाइनेः मेयर प्रजापति

मुख्य बुँदा

मेयर सुनिल प्रजापतिले आयोजनामा वास्तविक पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त

विरोधका लागि विरोध गर्ने व्यक्तिलाई पन्छाएरै काम अघि बढाइने

नगरपालिकाले आयोजनाबाट नाफा नभई विकासमा केन्द्रित रहने

कार्यक्रमा वडा अध्यक्ष र सदस्यहरूले पनि सहभागिता जनाए

नेपाल क्रान्तिकारी किसान संघले किसानको पक्षमा चेतावनी दिएको

भक्तपुर, १ भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ मा आयोजित ठूलो ब्यासीमा मेयर सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र आवास क्षेत्रमा नगरपालिकाले गर्दै आएको कामको विवरण प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो भक्तपुर नगरपालिकाले अन्तर्राष्ट्रिय स्तरमा  आफ्नो कामको प्रचारप्रसार गरिरहेको छ।

उहाँले “भक्तपुरको एक घर–एक स्नातक” अभियान सार्थक बनेको र नगरपालिकाले गरीब तथा जेहेनदार विद्यार्थीलाई प्रभावकारी रूपमा शैक्षिक ऋण प्रदान गर्दै आएको बताए। यसैगरी, देको मिवा आवास योजना चौथो परियोजना भएको र जनताको मागअनुसार आवास योजना अघि बढाइने स्पष्ट पार्नुभयो।

मेयर प्रजापतिले विरोधी गतिविधि गरिरहेका पीडित सङ्घर्ष समितिप्रतिलाइ चेतावनी दिँदै, नगरपालिकाले वास्तविक पीडितको न्याय सुनिश्चित गर्ने र विकास कार्य नरोकिँने बताउनुभयो। उहाँले सार्वजनिक र पर्ती जग्गा संरक्षणमा नगरपालिकाको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकला, वडा नं. ६ का अध्यक्ष हरिराम सुवाल, र वडा सदस्य मन्जुमैंया लाखा र श्यामसुन्दर मातांले वडाको विकास निर्माण र जनताको प्राथमिकताको आधारमा काम भइरहेको जानकारी दिनुभयो।

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले संघले जनताको हक सुनिश्चित गर्न काम गर्दै आएको र गलत गतिविधि गर्ने पक्षमा कहिल्यै नरहेको प्रष्ट पार्नुभयो।

नेमकिपा वडा नं. २ का संयोजक गणेशप्रसाद सुवालले देश र जनताको निःस्वार्थ सेवा नै राजनीति भएको उल्लेख गर्दै जनतालाई सचेत बनाउने काम भइरहेको जानकारी दिनुभयो। यस सभामा नगरपालिकाले विकास अवरोध रोक्ने, समस्याहरू जनतासँग छलफल गरी समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरियो।

 


Thali Mobile Pvt.Ltd.