भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजेट भाषण LIVE : यस्ताे छ आगामी वर्षको बजेट

बजेट भाषण LIVE : यस्ताे छ आगामी वर्षको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१, ०८२ को बजेट ल्याएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ ।

प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो । आगामी वर्ष प्रदेश र स्थानीय तहमा कुल ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

आज दुई सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१, ०८२ को बजेट वक्तव्यमा प्रदेश र स्थानीय तहमा अगामी वर्ष राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब हस्तान्तरण हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान थियो । वित्तीय समानकीरण अन्तरगत प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब बजेट विनियोजन भएको छ ।

समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड विनियोजन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.