भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगामी आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य

आगामी आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक देशमा भित्र्याउने लक्ष्य लिएको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताएका हुन्। अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।

साथै सरकारले आउँदो आर्थिक वर्षमा प्रदेश र पालिकामा राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । यस्तै ससर्त अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र पालिकाका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र पालिकालाई ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६ अर्ब २० करोड र पालिकालाई ७ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तरण हुने बजेट भाषणमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.