भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

आगामी आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य

आगामी आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक देशमा भित्र्याउने लक्ष्य लिएको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताएका हुन्। अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।

साथै सरकारले आउँदो आर्थिक वर्षमा प्रदेश र पालिकामा राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । यस्तै ससर्त अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र पालिकाका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र पालिकालाई ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६ अर्ब २० करोड र पालिकालाई ७ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तरण हुने बजेट भाषणमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.