भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

बजेट माथि उठेका प्रश्नहरुको अर्थमन्त्री पुनले २३ गते जवाफ दिने

बजेट माथि उठेका प्रश्नहरुको अर्थमन्त्री पुनले २३ गते जवाफ दिने

काठमाण्डौ । बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल हुने भएको हो ।

प्रतिनिधिसभामा जेठ २३ मा अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ र जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने कार्यतालिका रहेको छ । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।

सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाएका छन् । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन ।

प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक २०८१ पनि पेस गरे । प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन जेठ २०, २१ र २२ सम्म बजेटमाथि छलफल हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बजेटमा छलफलका लागि आइतवार दिउँसो सवा १ बजे बैठक बोलाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.