भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

सरकारले विद्युतीय गाडीमा लगायो महँगो कर

सरकारले विद्युतीय गाडीमा लगायो महँगो कर

काठमाण्डौ । सरकारले विद्युतीय गाडीमा कर बढाएको छ । सरकारले मंगरबार प्रस्तुत गरेको बजेटमा भन्सार दर र अन्तःशुल्क कर बढाएको हो ।

५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार दर बढाएर १५ प्रतिशत बनाइएको छ । बजेट भाषणअनुसार विद्युतीय गाडीमा ५ देखि २० प्रतिशतसम्म भन्सार दर र अन्तःशुल्क बढेको हो ।

पाँच प्रतिशत अन्तःशुल्क लाग्नेछ । अब ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । २ सयदेखि ३ सय किलोवाट मोटर क्षमताका गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क कर लाग्ने व्यवस्था गरिएको छ ।
१ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका गाडीमा ३० प्रतिशत भन्सार लाग्नेछ भने २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

 


Thali Mobile Pvt.Ltd.