भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले विद्युतीय गाडीमा लगायो महँगो कर

सरकारले विद्युतीय गाडीमा लगायो महँगो कर

काठमाण्डौ । सरकारले विद्युतीय गाडीमा कर बढाएको छ । सरकारले मंगरबार प्रस्तुत गरेको बजेटमा भन्सार दर र अन्तःशुल्क कर बढाएको हो ।

५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार दर बढाएर १५ प्रतिशत बनाइएको छ । बजेट भाषणअनुसार विद्युतीय गाडीमा ५ देखि २० प्रतिशतसम्म भन्सार दर र अन्तःशुल्क बढेको हो ।

पाँच प्रतिशत अन्तःशुल्क लाग्नेछ । अब ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । २ सयदेखि ३ सय किलोवाट मोटर क्षमताका गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क कर लाग्ने व्यवस्था गरिएको छ ।
१ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका गाडीमा ३० प्रतिशत भन्सार लाग्नेछ भने २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

 


Thali Mobile Pvt.Ltd.