फोनमा लोग्नेसँग परेको झगडाको झोकमा सल्यानमा आमाले गरिन दुई छोरीको घाँटी थिचेर हत्या

फोनमा लोग्नेसँग परेको झगडाको झोकमा सल्यानमा आमाले गरिन दुई छोरीको घाँटी थिचेर हत्या image

सल्यान । दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा पक्राउ परेकी आमाले हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार बिहान बनगाड कुपिण्डे नगरपालिका –११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए । २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यान प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले बताए ।

बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको उनले बयान दिएकी छन् । पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भने, “फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो । त्यसपछि मैले रिस थाम्न सकिन, त्यही झोकमा उनीहरूको हत्या गरें । उनीहरूलाई पनि मार्ने र अनी आफू पनि मर्ने योजनामा पहिला बच्चालाई मारें । तर, आफू कसरी कसरी मर्न सकिँन ।” श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको उनले बयानमा भनेकी छन् ।

माघी पर्वमा घरमा आएपछि आफुलाई मार्ने र छोरीहरु आफ्नो नभएको भनेर पटक पटक श्रीमानले धम्की दिने गरेको पुर्णिमाले बताएकी छन् । आफ्नो आमा नभएर आफुले दुःख पाएको र त्यसै गरि छोरीहरूले पनि दुःख नपावस भनेर छोरीहरुको हत्या गरे र आफुले आत्महत्या गर्ने सोच बनाए भन्दै उनले प्रहरी समक्ष भनेकीछिन् । छोरी करिश्मा बुधबार बिहान छिमेकीको घरमा खेल्न गएको र १० बजे तिर घरमा फर्किएको समेत बताइन् ।

छोरीहरुको हत्या गरेपछि ठुली छोरी बिरामी परेको भन्दै गाउँको जेठानीलाई फोन गरेर खबर गरेको तर जेठानी जंगल गएको उनको भनाई छ । गाउँको हजुरआमा घरमा आँउदा दुबै छोरी मृत देखेको स्थानीयले बताए । घटना हुँदा मृतक दिदीबहिनीसँगै आमा पूर्णिमा पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्छन् । दुबै नाबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कुटपिटबाट एकजनाको मृत्यु image

    कुटपिटबाट एकजनाको मृत्यु

    झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद...

  • धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ image

    धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ

    जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...

  • १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा image

    १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा

    पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...

  • डस्टबिनभित्र सालनाल सहितको मृत शिशु image

    डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

    प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...


hotelghyampedanda