भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

फोनमा लोग्नेसँग परेको झगडाको झोकमा सल्यानमा आमाले गरिन दुई छोरीको घाँटी थिचेर हत्या

फोनमा लोग्नेसँग परेको झगडाको झोकमा सल्यानमा आमाले गरिन दुई छोरीको घाँटी थिचेर हत्या

सल्यान । दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा पक्राउ परेकी आमाले हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार बिहान बनगाड कुपिण्डे नगरपालिका –११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए । २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यान प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले बताए ।

बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको उनले बयान दिएकी छन् । पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भने, “फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो । त्यसपछि मैले रिस थाम्न सकिन, त्यही झोकमा उनीहरूको हत्या गरें । उनीहरूलाई पनि मार्ने र अनी आफू पनि मर्ने योजनामा पहिला बच्चालाई मारें । तर, आफू कसरी कसरी मर्न सकिँन ।” श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको उनले बयानमा भनेकी छन् ।

माघी पर्वमा घरमा आएपछि आफुलाई मार्ने र छोरीहरु आफ्नो नभएको भनेर पटक पटक श्रीमानले धम्की दिने गरेको पुर्णिमाले बताएकी छन् । आफ्नो आमा नभएर आफुले दुःख पाएको र त्यसै गरि छोरीहरूले पनि दुःख नपावस भनेर छोरीहरुको हत्या गरे र आफुले आत्महत्या गर्ने सोच बनाए भन्दै उनले प्रहरी समक्ष भनेकीछिन् । छोरी करिश्मा बुधबार बिहान छिमेकीको घरमा खेल्न गएको र १० बजे तिर घरमा फर्किएको समेत बताइन् ।

छोरीहरुको हत्या गरेपछि ठुली छोरी बिरामी परेको भन्दै गाउँको जेठानीलाई फोन गरेर खबर गरेको तर जेठानी जंगल गएको उनको भनाई छ । गाउँको हजुरआमा घरमा आँउदा दुबै छोरी मृत देखेको स्थानीयले बताए । घटना हुँदा मृतक दिदीबहिनीसँगै आमा पूर्णिमा पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्छन् । दुबै नाबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.