भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित चिनियाँ र नेपाली नागरिक पक्राउ

स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित चिनियाँ र नेपाली नागरिक पक्राउ

मुख्य बुँदा 

स्वयम्भूबाट स्रोत नखुलेको रु. ६९ लाख ८५ हजार बरामद।

पक्राउ परेकाहरू: च्याओ याङ (चिनियाँ) र रोजिना सुनार (नेपाली)।

भाडामा लिएको कोठाबाट सुनका गहना पनि बरामद।

आवश्यक थप अनुसन्धान जारी।

काठमाडौँ, ८ कार्तिक । प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु. ६९ लाख ८५ हजारसहित एकजना नेपाली र एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, पक्राउ पर्नेहरूमा ३८ वर्षीय चिनियाँ नागरिक च्याओ याङ र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्।

उनीहरूलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो। अतिरिक्त महानिरीक्षक कार्कीले बताए, “स्रोत नखुलेको रकमसहित एकजना चिनियाँ र एकजना नेपाली गरी दुईजनालाई पक्राउ गरिएको छ।  उनीहरूको विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ।”

पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको जानकारी दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.